टेबलटेनिस ट्रेनिङ हलको उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०४
  • |
  • 157 पटक हेरिएको

ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा टेबलटेनिस ट्रेनिङ हलको बिहीबार उद्घाटन गरिएको छ । समिति भवनको माथिल्लो तलामा नवनिर्मित हलको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले औपचारिक उद्घाटन गरे ।

ललितपुर महानगरपालिका वडा १२ को सहयोगमा करिब ३५ लाख लागतमा हल बनाइएको समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठले जनाएका छन् । हलमा ६ वटा टेबलटेनिस बोर्ड राखिएको छ भने २ चेन्जिङ रुम र २ शौचालय रहेका छन् ।

मेयर महर्जनले नगरको खेलकुदको विकासका लागि महानगरपालिकाले प्राथमिकता दिएर काम अगाडि बढाइरहेको बताए ।

वडा १२ का अध्यक्ष नारायणलाल अवालेले टेबलटेनिस हल निर्माणका साथै समिति हाता भित्र कार्यक्रम मञ्च र यमराज मन्दिरको जीर्णोद्धारमा पनि वडाले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि वडाको खेलकुद विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समितिका अध्यक्ष विनोद महर्जनले हल निर्माणसंगै खेलाडीले अभ्यासका लागि लैनचौर धाउनु पर्ने बाध्यताको धेरै हदसम्म अन्त्य हुने विश्वास व्यक्त गर्दै हल निर्माणमा गरेको सहयोगप्रति वडा र महानगरपालिकालाई धन्यवाद  दिए ।

सो अवसरमा हल निर्माण उपभोक्ता समिति तथा अनुगमन समितिका पदाधिकारीलाई समितिको लोगो अंकित ट्रयाकसुट प्रदान गरी सम्मान गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal