स्वर्णिम र पुष्पसदन विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०४
  • |
  • 166 पटक हेरिएको

स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०-९ तथा पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९-१४ ले पराजित गरे । स्वर्णिमकी हिसी ल्हामु लामाले ४ तथा पुपसदनकी मात्रिकाले ८ स्कोर गरे । सोही स्पर्धामा ज्ञानोदय विरुद्धको खेलमा नवीन ज्योति २३-६ ले विजयी भयो । नवीन ज्योतिकी असिना क्षेत्रीले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा बेबी एन्जलले आनन्दकुटीलाई २७-४, स्किब्सले एनआईसी एकेडेमीलाई २६-२५, रेडियन्ट रिडर्सले ज्ञानोदयलाई २२-१७ र स्वर्णिमले विस्डमलाई २७-११ ले पाखा लगाए । बेबी एन्जलका अमन गैरेले ५, स्किब्स राज खप्तरीले १२, रेडियन्ट रिडर्सका अरुष शाहले १० र स्वर्णिमका प्रतिक महर्जनले १७ अंक बटुले ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डमाथि २३-४ को सहज जित दर्ता ग¥यो । पिपुल्सका अजय मगरले ७ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal