एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ
-
नेप्लेज
- |
- २०८२-०८-०४
- |
- 364 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका पदक विजेतालाई भेट गरी बधाइ दिएका छन् । भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जितेको थियो ।
राजन रोकायले १० हजार मिटर दौड र सोमबहादुर कुमालले ८ सय मिटर दौडमा रजत पदक जितेका थिए । सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा कास्य पदक जितिन् । दुवै स्पर्धामा सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि स्थापित गरेकी थिइन् ।
मुकेश बहादुर पालले ५ हजार मिटर दौडमा कांस्य तथा मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु सम्मिलित टोलीले कांस्य पदक प्राप्त गरेको थियो । कार्यक्रममा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।