ओएसिस् कप बास्केटबल शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 105 पटक हेरिएको

ओएसिस् इङलिस स्कुलको आयोजनामा तेश्रो ओएसिस् कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा २९ टिमको सहभागिता रहने ओएसिस्का कार्यकारी निर्देशक मिनकुमार लिम्बूले जनाएका छन् । सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ ब्वाइज टिमको सहभागिता रहने छ ।

एसइइतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत पार्ने छन् ।

लिग कम नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित आयोजककै कोर्टमा खेलाइने  छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal