मधेसमाथि लुम्बिनीको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 196 पटक हेरिएको

काठमाडौँ। एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाले जित हासिल गरेको छ। 

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा बिहिवार सम्पन्न दिनको दोस्रो तथा अन्तिम खेलमा लुम्बिनीले मधेस युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको हो। 

पहिलो सेटमा लुम्बिनी २८–२६ ले विजयी हुँदा दोस्रो सेट २३–२५ ले पराजित भयो। तेस्रो सेट २५–१४ तथा चौथो सेटमा लुम्बिनी २५–१९ ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो। 

जितसँगै लुम्बिनीले चार खेलबाट पाँच अंक जोडेको छ। यता, पराजित मधेसले भने पाँच खेलबाट तीन अंकसहित पूछारमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनस् सुचारू भएको हो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal