मधेश खेलकुद परिषदको प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 257 पटक हेरिएको
जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषदले प्रथम वार्षिकोत्सवको अवसरमा प्रभातफेरी निकालेको छ ।
परिषद स्थापना भएको एक वर्ष पुगेको अवसरमा परिषदले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी निकालेको छ ।
जनकपुरधामको रेल्व स्टेसन चोकबाट निकालिएको प्रभातफेरी र्याली जनकपुरधामको विभिन्न चोक हुँदै जानकी मन्दिरको प्राङ्गनमा पुगेर समापन भएको थियो ।
प्रभात फेरिमा परिषदका सदस्य, विद्यार्थी, खेलकुद प्रेमी र खेलकुद मन्त्रालयका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
परिषदले मधेश प्रदेशका युवा तथा खेलाडिहरुलाई खेलसंग जोड्ने प्रयास र पहलहरु गरेको परिषदको सदस्य सचिव शिवजी प्रसादले जानकारी दिए ।
परिषदले खेलाडिहरुको वर्गिकरण, तलब, सेवा, सुविधा, खेलकुद सामग्री उपलब्ध गराउनुलगायतका खेलसंग जुडेका कार्यहरु गर्दै आएको सदस्य सचिव शिवजीले बताए ।
उनले आगामि दिनमा राष्ट्रिय स्तरको खेलमा मधेश प्रदेशलाई सहभागी गर्न र त्यस्ता खेलहरुको आयोजना प्रदशले नै गर्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए ।