भ्याली पब्लिकको सानदार सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२१
  • |
  • 164 पटक हेरिएको

काठमाडौं। भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सानदार सुरुआत गरेको छ।

भ्याली पब्लिकको गल्र्स टिमले ३ खेलमा जित हात पा¥यो। गल्र्समा भ्याली पब्लिकले काठमाडौं युरोलाई २६–१४, चेल्सीलाई ३६–२३ र एसएमडीलाई ३१–२० ले पराजित ग¥यो।

विजेता भ्याली पब्लिकका लागि क्रमशः सेलिनाले ६, लोरिशा गौचनले १५ र एनिला गौचनले १३ अंक जोडे। ब्वाइजमा भने मंगलदीपले भ्याली पब्लिकलाई ३८–३५ ले हरायो। विजेताका अजेश नेपालीले १३ स्कोर गरे। ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्समा निम्सले टीआईए ‘ए’ लाई २८–१३ तथा काष्ठमण्डपले ज्ञानोदयलाई १३–११ ले पन्छाए।

निम्सकी निलम कोइरालाले १९ तथा काष्ठमाण्डपकी रिहान्सी केसीले ४ अंक जोडे। प्रतियोगिताको बूढानीलकण्ठ वडा ७ का अध्यक्ष बसनारायाण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे। ‘शिक्षा र खेलकुदसंगै’ भन्ने नारासहित आयोजित प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिम सहभागी छन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal