विज्ञानकाे गाेलमा हारबाट जाेगियाे चित्लाङ

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२१
  • |
  • 252 पटक हेरिएको

काठमाडाैँ। एन्फा प्रेसिडेन्ड लिग फुटबलमा चित्लाङ फुटबल क्बल हारबाट जाेगिएकाे छ। 

मकावनपुरकाे हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शुक्रबार सम्पन्न दिनकाे दाेस्राे खेलमा चित्लाङ विजय स्पाेर्ट्स क्बलसँग १–१ गाेलकाे बराबरी खेलेकाे हाे। 

खेलमा एक गाेलले पछि परेकाे चित्लाङकाे लागि विज्ञान खड्काले हार बाट जाेगाए। उनले खेलकाे ७२औँ मिनेटमा गाेल गरेका हुन्। त्यसकाे दुई मिनेट पछि शिशिर लेखिले गरेकाे गाेलले मान्यता नपाँउदा चित्लाङले अंक बाँड बाध्य भयाे। 

त्यसअघि पहिलाे हाफमा अतिरिक्त समयकाे पहिला पहिलाे मिनेटमा एराेन थापाकाे गाेलबाट अग्रता बनाएकाे विजयले उक्त अग्रता जाेगाउन सकेन। 

याे नतिजासँगै दुवै टाेलीले एक एक अंक बाँडेका छन्। यसअघि चित्लाङले गत बुधबार उद्घाटन खेलमा देउराली युथ क्लबलाई ४–१ गोलले हराएकाे थियाे।

शुक्रबारै भएकाे पहिलाे खेलमा देउराली युवा क्लबले जन जागृति युवा क्लबलाई ३–१ ले पराजित गरेकाे थियाे। खेलमा एक गाेलले पछि परेकाे देउरालीले पछि तीन गाेल फर्काउन सफल भयाे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal