सेमिफाइनलमा नेपाल र मल्दिभ्स भिड्ने
-
नेप्लेज
- |
- २०८२-०७-२१
- |
- 175 पटक हेरिएको
काठमाडाैँ। काभा महिला यु–१९ भलिबलमा नेपालले सेमिफाइनलमा मल्दिभ्स प्रतिद्वन्द्वी पाएकाे छ।
चार टाेली सहभागि रहेकाे प्रतियाेगितामा समूह चरणकाे तीन खेलमा दुई जित र एक हार ब्यहाेरेकाे नेपाल ७ अंकसहित शीर्ष स्थानमा रह्याे। शीर्ष स्थानमा रहेकाे नेपालले पूछारमा रहेकाे मल्दिभ्सकाे सामना गर्ने भएकाे हाे।
याे खेल भाेलि अर्थात् शनिबार खेल्नेछ। खेल नेपाली समयअनुसार दिउँसाे ४:४५ बजेबाट सुरु हुनेछ। यसअघि पहिलाे सेमिफाइनलमा घरेलु टाेली श्रीलंकाले किर्गिस्तानकाे सामना गर्नेछ। याे खेल २:१५ बजेबाट सुरु हुनेछ।
नेपालले समूह चरणकाे पहिलाे खेलका किर्गिस्तानसँग ३–२ काे सेटमा हार ब्यहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टाेली श्रीलंकालाई ३–१ तथा तेस्राे खेलमा माल्दिभ्सलाई ३–० काे सेटमा पराजित गरेकाे थियाे।
यता, सबै खेलमा पराजय ब्यहाेरेकाे माल्दिभ्स अंक विहिन छ। समान खेलबाट ६ अंक रहेकाे श्रीलंका दाेस्राे तथा ५ अंक जाेडेकाे किर्गिस्तना तेस्राे रह्याे।
फाइनल खेल आइतबार हुनेछ। याेहि दिन तेस्राे स्थानकाे लागि पनि प्रतिस्पर्धा हुनेछ।