नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०६-१४
  • |
  • 23 पटक हेरिएको

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए।

पावरप्ले सकिँदा मा बिना विकेटको क्षति ३७ रन बनाएको नेपालले ६.६ ओभरमा नेपालले पहिलो विकेट गुमायो।

नेपालका लागि पहिलो विकेटको रूपमा ओपनिङमा आएका कुशल मल्लको विकेट गुमाएको हो। मल्ल विकेटकिपरको हातमा क्याच भए। उनले २१ बलमा १ चौका सहित १२ रन बनाउँदै पेभेलियन फर्किए।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal