दसैंमा पनि करातेको प्रशिक्षण जारी
.jpg)
-
नेप्लेज
- |
- २०८२-०६-१४
- |
- 51 पटक हेरिएको
मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । टोली बुधबार मलेसिया जाने कार्यक्रम छ ।
मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगर ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।