वेस्ट इन्डिजविरुद्धकाे सिरिजमा ‘क्लिन स्विप’को लक्ष्यमा नेपाल

-
नेप्लेज
- |
- २०८२-०६-१४
- |
- 93 पटक हेरिएको
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिज एक खेलअगावै जितिसकेको नेपाल आज अन्तिम खेल खेल्दै छ।
अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्नु हुनेछ। यसअघि दुई खेलमा वेस्ट इन्डिजलाई लगातार हराउँदै नेपालले तीन खेलको सिरिज जितिसकेको छ। दुईपटकको टी–२० विश्वकप च्याम्पियन टोलीविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रनेछ। खेल यूएईको सारजाह क्रिकेट रगंशालामा राति सवा ८ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीविरुद्ध ऐतिहासिक प्राप्त गरेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो।
नेपाल सिरिज क्लिन स्विपको पक्षमा हुँदा वेस्ट इन्डिजको टोली भने पहिलो जितको खोजीमा हुनेछ। वेष्ट इण्डिजसँगको सिरिजपपछि नेपाली उतैबाट ओमान जाने कार्यक्रम छ।
ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदैछ। नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रुपमा लिएको छ।