नेपालद्वारा वेस्ट इण्डिज ९० रनले पराजित, नेपाल एक खेल अगाडि नै च्याम्पियन

  • Image नेप्लेज
  • १३ आश्विन २०८२, सोमवार
  • 630 पटक हेरिएको
 नेपालद्वारा वेस्ट इण्डिज ९० रनले पराजित, नेपाल एक खेल अगाडि नै च्याम्पियन

काठमाडौं । 'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ।

पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। तर वेस्ट इन्डिज २० ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाएका थिए भने सन्दिप जोराले ६३ रनको योगदान गरेका थिए।

शनिवारको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई हराएको थियो।