काराबाओ कपमा आर्सनल र लिभरपुल विजयी

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 43 पटक हेरिएको
काराबाओ कपमा आर्सनल र लिभरपुल विजयी

काठमाडौं । काराबाओ कपको तेस्रो चरणअन्तर्गत मंगलबार राति भएका पाँच खेलमा आर्सनल, लिभरपुल, फुलहम र ब्रेन्टफोर्डले जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन् ।

आर्सनलले इप्सविच टाउनलाई ४–२ ले पराजित गर्‍यो । आर्सनलका लागि म्याक्स डोम्यानले दुई तथा नोनी माडुके र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए ।

लिभरपुलले टोटनहम हटस्परलाई ३–१ ले हरायो । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सोबोस्लाईले गोल गरे भने टोटनहमका लागि कोनर गालाघरले एक गोल फर्काएका थिए ।

फुलहमले वेस्ट ह्यामलाई ३–२ ले पराजित गर्दा ब्रेन्टफोर्डले रिडिङलाई २–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।

अर्को खेलमा पिटरबरो युनाइटेड र बार्न्स्लीबीच ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पिटरबरो ७–६ ले विजयी भयो ।

यससँगै यी पाँच टोलीले काराबाओ कपको चौथो चरणमा स्थान पक्का गरेका छन् ।