नेपालले वेस्ट इण्डिजलाई दियाे १७४ रनकाे लक्ष्य, आसिफकाे उत्कृष्ट प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०६-१३
  • |
  • 115 पटक हेरिएको

काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाअन्तर्गत सोमबार भइरहेको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले ।

आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए । नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal