नेपाललाई २ कांस्य

  • Image नेप्लेज
  • २४ भदौ २०८२, मङ्गलवार
  • 288 पटक हेरिएको
नेपाललाई २ कांस्य

काठमाडौं। नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ ।

नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।

चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।