लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

  • Image नेप्लेज
  • १९ कार्तिक २०८३, बिहिवार
  • 104 पटक हेरिएको
लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने तिलक भण्डारी र शेर मल्लले २–२ तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए ।

त्यस्तै दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २–२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए । यो जितपछि लुम्विनी लायन्स अपराजित रहदै ४ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा छ ।

त्यस्तै जनकपुर बोल्ट्सको भने यो तेस्रो हार हो । ५ खेलमा २ खेल जितेको जनकपुरको ४ अंक रहेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ