छुम्बी लामा क्यानको प्रवक्तामा मनोनित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२१
  • |
  • 312 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले सदस्य छुम्बी लामालाई प्रवक्तामा मनोनित गरेको छ । क्यानको विहीबार बसेको बोर्ड बैठकले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

‘संघबाट संचालन हुने विभिन्न गतिविधिहरु सम्वन्धि जानकारी एवंम सुचनाहरु विभिन्न मिडिया तथा सामाजिक संजालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।’ क्यानको निर्णयको २ नम्बर बुँदामा उल्लेख गरिएको छ ।

लामा यसअघि पनि क्यानमा राष्ट्रिय खेलकुद परिषद् राखेपको कोटाबाट सदस्य भएका हुन् । उनलाई राखेपले आइसीसी टी–२० विश्वकप अगाडि क्यानमा सदस्यका रुपमा मनोनित गरेको थियो । क्यानको विधान अनुसार राखेपबाट २ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । छुम्बीलाई मनोनित गरे पनि राखेपले एक जनाको कोटा भने बाँकी राखेको छ । 

प्रवक्तामा मनोनित भएपछि लामाले आफूले क्यानका सूचनाहरु सहजरुपमा सम्प्रेषण गर्नका लागि भूमिका खेल्ने बताए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey