अञ्जन, दीप र एरिक चर्च ब्वाइजमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-०२
  • |
  • 791 पटक हेरिएको

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले चार खेलाडीलाई अनुबन्ध गरेको छ।

अध्यक्ष रुवेन राईका अनुसार चर्च ब्वाइज क्लबबाट  ‘ए’ डिभिजन लिग खेलेका अञ्जन विष्ट, अनन्त तामाङ र एरिक विष्टसँग सम्झौता नवीकरण गरिएको हो। 

यस्तै, मोफसलका प्रतियोगितामा चर्च ब्वाइजको कप्तानी सम्हालेका दीप कार्कीसँग भने नयाँ सम्झौता गरेको छ।

चर्च ब्वाइजले दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्दैछ। 

अगस्ट १३ मा हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्। अन्नतको कप्तनाीमा चर्चले गत सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey