बेरूजुलाई शून्यमा झार्न खेलकुदमन्त्री चौधरीको निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-०२
  • |
  • 596 पटक हेरिएको

 युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सुशासन कायम गर्दै बेरूजुलाई शून्यमा झार्न निर्देशन दिएका छन् । 

बुधबार मन्त्रालयका विभिन्‍न विभागसँगको ब्रिफिङ सुनेपछि यस्तो निर्देशन दिएका हुन् । 

मन्त्री चौधरीले भने, ‘ मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको कामको ब्रिफिङ सुन्दा मलाई निकै मेहनती लागेको छ। यस्तै सुशान कायम गर्दै बजेटमा पनि बेरूजूलाई शून्यमा झार्ने प्रयास गर्नुहोला।’

मन्त्री चौधरीले अहिले खेलकूद पुर्वाधारहरूमध्ये कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सुविधा सम्पन्न बनाउनुपर्ने मूख्य चुनौती आइपरेकाले प्रभावकारी रुपमा काम गर्ने समय आएको बताए । 

‘त्रिवि क्रिकेट मैदानको भौतिक पुर्वाधारको बारेमा सकारको धेरै चासो छ। यसबारेमा पनि हामीले सोच्नुपर्ने बेला आएको छ,’ ‘उनले भने, ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि सभकर चाँडै प्रभाकारी तरिकाबाट काम लिनु पर्ने हुन्छ।हामी त्यसमा कतै अल्मलिरहेका छौं की जस्तो लाग्यो।’

उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि डिपीआर गर्न किन ढिलाइ भयो भन्‍दै कर्मचारीहरूको कमजोरी भए सुधारेर जान निर्देशन समेत दिए । 

उनले भने, ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डीपीआर गर्न किन ढिलाइ भइरहेको छ। यसबारेमा कसन ढिला सुस्ती भयो। खाली हामी म्याद थपिरहने र कर्मचारीलाई तलब भत्ता मात्रै दिइरहने हो की यसको आउटपुट ल्याउने गरी काम गर्ने हो ? हामी अब थाकेर म्याद थपेर मात्रै हुँदैन। काम गरेर अगाडि बढ्नुपर्छ।’

मन्त्रालयका उपसचिव एवम् प्रवक्ता कमल न्यौपानेका अनुसार धनगढीको चौरहाबाट ५ किलोमिटर दूरीमा रहेको साढे ३८ विघा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने छ । ७० हजार दर्शक अटाउने क्षमताको क्रिकेट रंगशालामा बनाउने लक्ष्य भए पनि सुरुमा नै ७० हजार दर्शकका लागि सिट नबनाउने उनको भनाइ छ । 

यस्तै उक्त रंगशालाभित्र फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि थप्नु पर्ने गरी डीपीआरको तयारी भइरहेको उनले बताए । 

 

यस्तै खेलकूद मन्त्रालयका आर्थिक, प्रशासन, कानुन, योजना, प्रवर्द्धन तथा भौतिक पुर्वाधार महाशाखाका प्रमुखहरूले आ-आफ्नो कार्यक्षेत्रको बारेमा खेलकुदमन्त्री चौधरीलाई ब्रिफिङ गरेका थिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey