डुरान्ड कप : आर्मीले पहिलो खेलमा सिलोङ लाजोङकाे सामना गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-०२
  • |
  • 667 पटक हेरिएको

काठमाडौं । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो पहिलो खेल सिलोङ लाजोङ एफसीसँग खेल्ने भएको छ। 

समूह 'एफ'मा रहेको आर्मीले पहिलो खेल सिलङ लाजोङ एफसीविरुद्ध २ अगस्टमा खेल्नेछ। दोस्रो खेल गोवा एफसीसँग ८ अगस्टमा खेल्नेछ र तेस्रो खेल हैदरावाद एफसी १३ अगस्टमा खेल्नेछ। 

१३३औँ संस्करण २०२४ को डुरानड कप जुलाई २७ देखि सिलोङमा हुनेछ।

यस प्रतियोगितामा आर्मीले दोस्रोपटक सहभागी हुन लागेको हो। आर्मीले गत सिजन चेन्नइयिन एफसीसँग ३–० र हैदराबादसँग ३–० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।

यस संस्करणमा इन्डियन सुपर लिग, आई लिगका र अन्य आमन्त्रण अन्तर्राष्ट्रिय र सशस्त्र बलसहित २४ टोलीले सहभागिता जनाउनेछन्। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey