रोमानिया अन्तिम १६ मा प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१२
  • |
  • 333 पटक हेरिएको

काठमाडौं। रोमानिया युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।

ड्यूश बैंक पार्कम बिहीबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १(१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो।

खेलको २४औं मिनेटमा जुराज कुक्काको पासमा ओन्द्रेज डुडाले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३७औं मिनेटमा रजवान मारिनले गोल गर्दै रोमानियालाई खेलमा फर्काए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। 

समूह ई मा रोमानियाले तीन खेलबाट चार अंक जोड्यो। बेल्जियम, स्लोभाकिया र युक्रेनको समान चार अंक भएपनि रोमानिया गोलअन्तरमा शीर्ष स्थानमा रह्यो। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey