खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटबार्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 112 पटक हेरिएको

युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच आज भेटवार्ता भएको छ । आज नेपाल आइपुगेकी कसाडो र मन्त्री श्रेष्ठबीच युवा तथा खेलकूद मन्त्रालयमा भेट भएको हो ।

भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भयो । यस्तै ट्रायथलनको विकासको लागि हुन सक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी भएको थियो । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।

कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहेकी छिन् । उनको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी १० वर्ष अगाडि नेपाल आएकी थिइन् । उनी शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा‌ सहभागी हुने छिन् । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागीता रहने छ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्ने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey