सिन्धुपाल्चोक जिल्ला लिग : चौतारा स्पोर्टिङको विजयी शुरूआत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१२
  • |
  • 380 पटक हेरिएको

लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिगको उद्घाटन खेलमा साँगाचोक यूथ क्लबलाई पराजित गर्दै चौतारा स्पोर्टिङ क्लब विजयी शुरूआत गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेलमा बुधबार भएको उद्घाटन खेलमा चौताराले साँगाचोकलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। 

चौताराको जितमा सागर तामाङ, सुरेश रायमाझी, प्रकाश खत्री र कप्तान भीमबहादुर गुरुङले १/१ गोल गरे। यता, साँगाचोकका लागि राहुल नेपाल र दावा तामाङले गरेको गोल सान्त्वना बन्यो। 

पहिलो हाफमा ३-२ को अग्रता बनाएको चौताराले दोस्रो हाफमा एक गोल थप्न सफल भयो।

जितसँगै समूह ‘ए’ मा रहेको चौताराले ३ अंक जोडेको छ। साँगाचोकले भने पराजयबाट प्रतियोगिताको शुरूआत गरेको छ। 

आयोजक जिल्ला फुटबल संघ सिन्धुपाल्चोक अनुसार बिहीबार दुई खेल हुनेछ।

लिगमा जिल्लाका १२ वटा क्लब सहभागी रहेका छन्। जसलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साँगाचोक यूथ क्लब, चौतारा स्पोर्टिङ क्लब र न्यू जेनेरेसन क्लब रहेका छन्। 

समूह ‘बी’ मा श्री राइजिङ यूथ क्लब, बाह्रदेवी यूथ क्लब र धार्पा युवा क्लब रहेका छन्। समूह ‘सी’ मा लामोसाँघु फुटबल क्लब, प्याराडाइज युवा क्लब र योङ्ग जेनेरेसन युवा क्लब रहेका छन्। 

समूह ‘डी’ मा न्यू सदाबाहार युवा क्लब, सुनौलो बिहानी अभियान र श्री कालीका त्रिशक्ति युवा क्लब रहेका छन्। 

लिगको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने महासचिव लामाले जानकारी दिए। 

लिगको खेलहरू बैशाख १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ। १९ गते प्लेअफ, २० गते सेमिफाइनल र २२ गते फाइनल खेल हुनेछ। आयोजकका अनुसार लिगमा सहभागी हुने सबैको टिमको इन्स्योरेन्स गरिएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey