खेलकुद मन्त्री श्रेष्ठद्वारा ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२३
  • |
  • 685 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्री  बिराज भक्त श्रेष्ठले अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीद्वारा आयोजित दोस्रो भक्तपुर जिल्ला वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आज शुक्रवार एक कार्यक्रमबिच उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, यु–१५ एकल र मास्टर्स ४५ युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सविन ढुङ्गेलले जानकारी गराए । प्रतियोगितामा भक्तपुर जिल्लाका २०२ खेलाडीहरूले विभिन्न ५ विधामा प्रतिस्पर्धा गर्ने छन् ।

कुल पुरस्कार राशि २ लाख रहेको प्रतियोगितामा विजयी खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथै शीर्ष तीनमा स्थान बनाउने खेलाडीहरूले नगद २० हजार, १० हजार र ५-५ हजार प्राप्त गर्नेछन् ।

आज पहिलो दिन भएको खेलमा पुरुष युगल तर्फ सूर्य विनायक वडा नं. ४ का पुरुषोत्तम पौडेल र अनिल सिवाकोटीको जोडी, मध्यपुर ४ का बि. श्रेष्ठ र यु. कृष्ण श्रेष्ठको जोडी, सूर्य विनायक ५ का डिल्ली राम घिमिरे र एस. ख्युजुको जोडी, सूर्य विनायक ३ का राजन ढुङ्गाना र मनोज लामिछानेको जोडी, मध्यपुर ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मध्यपुर १ का राजेश डङ्गोल र मुकुन्द गौतमको जोडी, सूर्य विनायक ८ का एस. ख्युवाजु र एस. सुवालको जोडी, मध्यपुर ७ का विकास आचार्य र सन्तोष पराजुलीको जोडी, सूर्य विनायक ४ का हरि विष्ट र सन्तोष महतको जोडी, ५ का राजकुमार निरौला र विशाल श्रेष्ठको जोडी, मध्यपुर ३ का राजेन्द्र मगर र आशिष विक्रम थापाको जोडी, सूर्य विनायक ५ का बि. बखुन्छे र एस. डुमरुको जोडी, ८ का कृष्णहरि सुवाल र माधव थापाको जोडी, ४ का आर. चौलागाई र डी. प्रसाद पाठकको जोडी आआफ्नो प्रतिद्वन्द्वी पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै मास्टर्स ४५ वर्ष माथिको युगल तर्फ सूर्य विनायक ८ का डेन लामा र राकेश थापामगरको जोडी, ५ का दिनेश बासुन्छे र दीपक श्रेष्ठको जोडी, मध्यपुर ३ का गोपाल भट्टराई र भीम गिरीको जोडी, १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, सूर्य विनायक ४ का केशव कार्की र भजेश खड्काको जोडी, २ का राजन खड्का र पङ्कज शर्माको जोडी, मध्यपुर १ का एम.कवे र एस. बहादुर ठकुलाको जोडी, सूर्य विनायक ७ का आर. कुवेर र बि. बहादुर शाहीको जोडी तथा ६ का चित्र चौहान र अजय पराजुलीको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरू दुर्लभ थापा, सन्तोष परियार, बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्र मान श्रेष्ठ, बागमती प्रदेश सदस्य सुरेश श्रेष्ठ र पूर्व अतिरिक्त महानिरीक्षक नहकुल थापाको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र २६ गते सम्म सञ्चालन हुनेछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey