नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको सिरिजको नयाँ तालिका सार्बजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 1381 पटक हेरिएको

काठमाडौँ । नेपाल 'ए' र आयरल्यान्ड उल्भ्सबीचको टी२० सिरिजको लागि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गरेको छ।

बिहिवारका लागि तय भएको टी२० सिरिजको पहिलो खेल बर्षाको कारण रद्द भएपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो।  

तालिकाअनुसार अब नेपाल 'ए' ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्यान्ड उल्भ्ससँग टी२० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने  छ।

यसअघि आयरल्यान्ड वुल्भसले नेपाली सिनियर टोलीविरुद्ध २ टी२० को सिरिज २-० ले गुमाएको थियो। पहिलो खेलमा ६ विकेटले पराजित वुल्भस दोस्रो खेलमा ७१ रनले पराजित भएको थियो।

यस्तै, दुई खेलको सिरिज जितेको सिनियर टोलीको भने आज भारतको गुजरातमा हुने फ्रेन्डशिप कपको लागि विदाई भएको छ। टोलीले भारतमा गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी२० सिरिज खेल्ने छ। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey