भरतपुरमा अन्तर्राष्ट्रियस्तरको इण्डो-नेपाल टी-२० क्रिकेट च्याम्पियनसीप हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-०६
  • |
  • 643 पटक हेरिएको

चितवनको भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा यही चैत ८ (बिहीबार) देखि १८ गतेसम्म भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा इन्डो-नेपाल टी-२० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता हुन लागेको हो ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता  र लखनउ ११ ले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताको कमर्सियल पार्टनरका रूपमा जोहरा इन्टरनेसनल प्रालि रहेको छ ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टीभी म्याक्सले गर्नेछ । कान्तिपुर टेलिभिजन र आयोजक चितवन जिल्ला क्रिकेट संघबीच हालै प्रत्यक्ष प्रसारणका लागि सम्झौता समेत भइसकेको छ ।

टीभीका तर्फबाट चिफ मार्केटिङ अफिसर सुजन कार्की र आयोजकका तर्फबाट चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सम्झौतामा हस्ताक्षर गरेका थिए । सबै खेलहरू कान्तिपुर टीभी म्याक्सका साथै कान्तिपुर टेलिभिजनको युट्युबलगायतका प्लेटफर्महरूमा पनि प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतियोगिताका विजेताले पाउने ट्रफी भरतपुर-२२ पटिहानीस्थित सोल्टी वेस्टर्न  रिसोर्टमा सार्वजनिक गरिदैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey