यू–१९ विश्वकप : सुपर सिक्समा भारतको सानदार जित 

  • Image नेप्लेज
  • १६ माघ २०८०, मङ्गलवार
  • 2012 पटक हेरिएको
यू–१९ विश्वकप : सुपर सिक्समा भारतको सानदार जित 

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारत विजयी भएको छ । सुपरसिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई २१४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २९६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड जम्मा ८१ रनमा समेटियो ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका सौमी पाण्डेले ४ विकेट लिँदा राज लिम्बानी र मुसीर खानले दुई दुई विकेट हात पारे । यसैगरी नमन तिवारी र अर्सिन कुलकर्नीले एक एक विकेट लिए । न्युजिल्याण्डका कप्तान ओस्कार ज्याकसनले सर्वाधिक १९ रन बनाउँदा ज्याक कुमिङले १६ रनको पारि खेलेका थिए । यसैगरी एलेक्स थमम्पसनले १२ रन बनाउँदा जेम्स नेलसनले १० रन जोडे । 

Musheer Khan brings up his second century of the tournament, India vs New Zealand, Bloemfontein, Super Sixes, Under-19 Men's World Cup, January 30, 2024

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९५ रन बनाएको थियो । भारतका मुसीर खानले १३१ रनको शतकीय पारि खेले । यसैगरी आदर्श सिंहले ५२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान उदय शरणले ३४ रन जोडे । त्यस्तै, अर्भाले अनिसले १७, सचिन दासले १५, प्रियान्सु मोलियाले १० रन बनाए ।

न्युजिल्याण्डका मेसन कलार्कले ४ विकेट लिए ।