इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्स विजयी भएको छ ।
गएराति भएको खेलमा राजस्थानले चेन्नाइ सुपर किंग्सलाई ३२ रनले पराजित गरेको हो ।
राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो, जवाफमा चेन्नाई सुपर किंग्स पूरा ओभर खेलेर ६ विकेट गुमाएर १७० रन मात्रै बनाउन सकेको थियो ।
यो जितसँगै राजस्थान रोयल्स १० अंकसहित अंक तालिकाको पहिलो स्थानमा पुगेको छ ।
यससँगै चेन्नाइले नेट रन रेटमा हार बेहोरेको छ र जसका कारण टोली १० अंक भए पनि तेस्रो स्थानमा झरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेका यशस्वी जैसवाल र जोस बटलरले राजस्थान रोयल्सलाई उत्कृष्ट सुरुवात गराए ।
पावरप्लेमा नै टिमले बिना हानि ६४ रन जोडेको थियो । यो जोडीले ८.२ ओभरमा ८६ रन जोडे।
जोस बटलरलाई रविन्द्र जडेजाले आउट गरे र उनी २१ बलमा २७ रन बनाएर आउट भए ।
कप्तान सञ्जु सामसन खास गर्न सकेनन् र १७ बलमा १७ रन बनाएर आउट भए ।
जैसवालले अर्धशतक बनाए । उनले ४३ बलमा ८ चौका र चार छक्का प्रहार गर्दै ७७ रन बनाए ।
शिमरोन हेटमायरले मात्र ८ रन बनाउन सके ।
तल्लो क्रममा ध्रुव जुरेलको ब्याटिङ उत्कृष्ट देखियो ।
उनले १५ बलमा ३४ रन बनाए ।
देवदत्त पडिक्कलले पनि अविजित २७ रन बनाएर आफ्नो टोलीको स्कोर २०० भन्दा माथि पुर्याए ।
चेन्नई सुपर किंग्सका तुषार देशपाण्डेले २ विकेट लिए ।
लक्ष्य पछ्याउँदै चेन्नई सुपर किंग्सको सुरुवात त्यति राम्रो हुन सकेन ।
चेन्नाइले पहिलो ६ ओभरमा ४२ रन बनाएको थियो ।
ओपनर डेभन कोनवे राम्रो टचमा देखिएनन् र १६ बलमा ८ रन बनाएर आउट भए ।
ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ४७ रन बनाए ।
उनको इनिङ्समा पाँच चौका र एक छक्का सामेल थियो ।
अजिंक्य रहाणेको ब्याटले काम गरेन र उनी १३ रन बनाएर आउट भए ।
प्रभावशाली खेलाडी अम्बाती रायुडुले खाता पनि खोल्न सकेनन् ।
यसरी ७३ रनमा चेन्नाइले आफ्नो चौथो विकेट गुमायो।
शिवम दुबे र मोइन अलीले २५ बलमा ५१ रनको साझेदारी गर्दै खेललाई अघि बढाए ।

यो खतरनाक जोडीलाई एडम जाम्पाले तोडेका थिए।
मोइनले १२ बलमा २३ रन बनाए ।
दुबेले उत्कृष्ट इनिङ खेल्दै ३३ बलमा अविजित ५२ रन बनाए पनि आफ्नो टोलीको हारबाट जोगाउन सकेनन् ।
रविन्द्र जडेजाले पनि २३ रन बनाएर अविजित रहे ।
राजस्थान रोयल्सका एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए ।
रविचन्द्रन आश्विनले पनि दुई विकेट लिए ।