शुटिङ संघलाई कोरियाली प्रशिक्षकको सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१०
  • |
  • 441 पटक हेरिएको

नेप्लेज, १० असार । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले नेपाल शुटिङ संघलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

सातदोवाटोस्थित ओलम्पिक भवनमा आयोजित कार्यक्रममा दक्षिण कोरियाका प्रशिक्षक ह्वाङ इन क्वाङले उपलब्ध गराएको शुटिङ खेल सामाग्री अध्यक्ष श्रेष्ठले संघलाई हरस्तान्तरण गरेका हुन् । कोरियाबाट खेल सामाग्री ल्याउन संघका पूर्व सदस्य राजु दर्शनले पहल गरेका थिए ।

कोरियाली प्रशिक्षक क्वाङले सन् २०१४ को इन्चोन एशियाडमा नेपाली टोलीलाई प्रशिक्षण गरेका थिए ।

ह्वाङ इन क्वाङले इण्डोनेशियाको जाकार्तामा हुने आसन्न एशियन गेम्सका लागि नेपाली शुटिङ खेलाडीलाई शुभकामनासहित सहयोगको वाचासमेत गरेका छन् ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा मेडिकल कमिशनमा अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ उपस्थित थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey