ललितपुरको जिएचसीए नेक्सस कपकाे सेमिफाइनलमा

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-०८
  • |
  • 164 पटक हेरिएको

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

जिएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ। सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ। जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो।

मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो। एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा ग¥यो। एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए। बलिङतर्फ ‘म्यान अफ द म्याच’ जिएचसीएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए। अजय यादवले ३ तथा रुपेश यादवले २ विकेट हात पारे।

जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा ग¥यो। जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो। जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन जोड्यो। कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले। जिएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए। ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन  दिए।
जिएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो। जिएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे। कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee