गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई २२ करोड ५० लाख बिनियोजन

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७९-०२-२५
  • |
  • 3470 पटक हेरिएको

सरकारलको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदानका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अनुसार युवा तथा खेलकुदमन्त्रालयले २२ करोड ५० लाख रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशालाका लागि छुट्याएको छ ।

खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्ति चोक रामपुर चितवनका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको उक्त रंगशालाबीचमै आर्थिक अभाव भएपछि अलपत्र बनेको थियो । राष्ट्रिय गौरबको आयोजनाका रुपमा सरकारले यसलाई निर्माण गर्ने भन्दै राजनीतिक दलहरुबाट प्रतिवद्धता आए पनि प्रतिवद्धता अनुसारको काम नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनबीचमा छाडेर हिडेको छ ।

नवौं राष्ट्रिय खेलकुदलाई १० लाख बजेट!

तर सरकारले निर्माणाधिन रंगशाला पूरा गर्ने प्रतिवद्धता अनुसार अहिलेलाई २२ करोड ५० लाख विनियोजन हुनु आफैमा सकारात्मक कुरा भएको चितवनवासीले बताउने गरेका छन् । 

चितवनको राजनीतिमा रंगशाला चुनावी अजेण्डाका रुपमा पनि राजनीतिक दलहरुले बनाउने गरेका छन् ।
यसैगरी सरकारले मूलपानी क्रिकेट एकेडेमी निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका बेला मूलपानी मैदान यसै वर्ष निर्माण सम्पन्न गर्ने बताएका थिए । तर एकेडेमी पनि निर्माण गर्ने कुरा यसपटकको बजेटमा थप गरेर आएको छ ।

कोहलपुर क्रिकेट रंगशाला निर्माणका लागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ । भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वाधार निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । पोखरा क्रिकेट स्टेडियम निर्माणका लागि २ करोड विनियोजन भएको बजेट पुस्तिकामा उल्लेख गरिएको छ । 

यस्तै, महेन्द्रनगर क्रिकेट रंगशाला ग्राउण्ड, पिच चेन्जिङ रुम निर्माण, कन्चनपुर (निर्माणाधिन क्रिकेट मैदान निर्माण सम्पन्न गर्न) ५० लाख विनियोजना गरिएको छ । यसैगरी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन भएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा यो वर्ष फ्लर्ड लाइटको व्यवस्था गर्ने लक्ष्य लिइएको छ । सोही लक्ष्य अनुरुप सरकारले अहिले १० करोड विनियोजन गरेको छ ।

समग्रमा सरकारले निर्माणाधिन क्रिकेट मैदानको निर्माणका लागि ४७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । 

*गाैतमबुद्द रंगशालाकाे समाचारमा २२ कराेड ५० लाख हुनु पर्नेमा अन्यथा भएकोले सच्चाइएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey