नवौं राष्ट्रिय खेलकुदलाई १० लाख बजेट!

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७९-०२-२५
  • |
  • 809 पटक हेरिएको

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले जम्मा १० लाख रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको बताएका थिए। तर, युवा तथा खेलकुद मन्त्रालयको बार्षिक कार्यक्रम तथा बजेट पुस्तिकामा भने जम्मा १० लाख रुपैयाँ विनियोजन भएको पाइएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने मिति तय भइसकेको छ। प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले ९६ करोड ७७ लाख खर्च लाग्ने अनुमानित बजेट युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थमन्त्रालयमा पेश गरेको थियो।

अर्थमन्त्रालयले प्रतियोगिताका लागि ६० करोड उपलव्ध गराउने सहमति दिइसकेको छ। बजेट पुस्तकमा १० लाख मात्रै आएको भए पनि प्रतियोगिता आयोजनाका लागि कुनै अप्ठेरो नपर्ने राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेप्लेजलाई जानकारी दिए।

उनले भने ‘हामी नवौं राष्ट्रिय खेलकुदको तयारीमा लागेका छौं, बजेटका कारण कुनै अप्ठेरो हुँदैन। बजेट पुस्तिकामा कार्यक्रमलाई सम्बोधन गरेकाले यो प्रतियोगिताका लागि सरकारमा पनि सकारात्मक रहेको मैले पाएको छु।’ 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey