रसेलको बिस्फोटक ब्याटिङमा कोलकाताको सहज जित

  • Image नेप्लेज
  • १८ चैत्र २०७८, शुक्रवार
  • 1523 पटक हेरिएको
रसेलको बिस्फोटक ब्याटिङमा कोलकाताको सहज जित

आन्द्र रसेलको आक्रामक अर्धशतकका कारण कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा कोलकाताले पञ्जाव किंग्सलाई ६ विकेटले हरायो । जारी आइपीएलमा पञ्जावको पहिलो हार हो ।

पहिले ब्याटिङ गरेको पञ्जाव १८ ओभर दुई बलमा मात्र एक सय ३७ रनमा अलआउट भयो । उसका लागि भानुका राजपाक्षाले सर्वाधिक ३१ रन बनाए ।

यस्तै कागिसो राबाडाले २५ रन बनाउँदा शिखर धवनले १६ तथा लियाम लिभिङ्स्टोनले १९ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । 
उसलाई सस्तैमा समेट्नका लागि उमेश यादवले चार तथा टिम साउदीले दुई विकेट लिए । 

जवाफमा कोलकाताले  १४ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि अजिन्क्या राहाणेले १२ रन बनाए भने श्रेयस ऐयरले २६ रन बनाए । 

उसको जितमा आन्द्रे रसेलले आक्रमक अर्धशतक बनाए । उनले ३१ बलमा दुई चौका र आठ छक्का प्रहार गरे । यस्तै साम बिलिङले २४ रन बनाए । 

कोलकाताले तीन खेलमा चार अंक बनाएको छ भने पञ्जावको दुई खेलमा दुई अंक छ ।