काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज आमने सामने हुँदैछन्।
आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।
त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणमा काठमाडौं गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो ।
यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।