१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना बराबरीमा रोकियो

  • Image नेप्लेज
  • ७ पौष २०७८, बुधवार
  • 1343 पटक हेरिएको
१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस लालिगामा बार्सिलोना १० खेलाडीमा सिमत सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको छ। सेभियाको घरेलु मैदानमा बार्सिलोनापुन एकपटक बराबरीको सिकार भयो। जारी सिजन बार्सिलोनाको यो सातौं बराबरी हो।

सेभियालाई अल्जेन्ड्रोज गोमेजले ३२ औ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए। तर पहिलो हाफमानै बरबरी फर्काउने क्रममा बार्सिलोनाका लागि रोनाल्ड अरुजोसले हेड गर्दे खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोना थप निरासाजनक प्रदर्शनको सिकार भयो।

६४ औ मिनेटमा जुलेस कौन्डे रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। उनले जोर्डी अल्बामाथि फल गरेपछि सिंधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। तर त्यसको फाइदा उठाउन बार्सिलोना असफल भयो।

बराबरीपछि बार्सिलोना २८ अंकका साथ सातौं स्थानमा उक्लिएको छ। दोस्रो स्थानको सेभियाले भने रियल शिर्ष स्थानको रियल म्याड्रिडसँग अंक दुरी कम गर्ने मौका चुकाएको छ। सेभियाको ३८ अंक छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment