इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता १ अंकमा झारेको छ। बिहिबार राति न्युक्यासललाई ३-१ ले पराजित गर्दै लिभरपुलले आफ्नो उपाधि होड कायम राखेको हो।
लिभरपुलको जितमा स्टार स्ट्राइकर मोहमद्ध सलाहले सिजनमा आफ्नो २२ औ गोल संभव बनाए। यद्धपि खेलमा अग्रता भने न्युक्यासले लिएको थियो। सातौं मिनेटमानै जान्जो शेल्वेले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए।
तर २१ औं मिनेटमा डियोगो जोटाको गोलमार्फत लिभरपुल खेलमा फर्कियो। २५ औ मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई अग्रता दिलाउँदा तेस्रो गोल भने ८७ औ मिनेटमा अलेक्सेन्डर अर्नोल्डले संभव बनाएका थिए।
जितपछि लिभरपुलको १७ खेलबाट ४० अंक भएको छ। शिर्ष स्थानको सिटीको समान खेलबाट ४१ अंक छ। चेल्सीको भने ३७ अंक रहेको छ।