इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेस्टर सिटी तथा लिभरपुलले आ-आफ्नो खेलमा जित निकालेका छन्।
जितसँगै सबै तीन टीमको अंक तालिका निकै रोमाञ्चक बनेको छ। बुधबार राति भएको खेलमा शिर्ष स्थानको चेल्सीले वार्टफोर्डलाई २-१ ले पराजित गर्दा सिटीले एस्टन भिल्लालाई २-१ ले नै हरायो। त्यस्तै लिभरपुल शहरी डर्वि एभर्टनमाथि ४-१ को जित निकाल्न सफल भयो।
गोडिसन पार्कमा लिभरपुलको जितमा सलाहले दुई गोल गरेका थिए। सुरुवाति अग्रता भने हेन्डरसनले ९ औ मिनेटमानै गोल गर्दै दिलाएका थिए। मोहमद्ध सलाहले १९ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाए। उनले हेन्डरसनको पासलाई सदुपयोग गरेका थिए। तर घरेलु मैदानमा ग्रे ले ३८ औ मिनेटमा रिचार्लिसोनको पासलाई सदुपयोग गर्दै खेल २-१ को अवस्थामा ल्याएका थिए।
तर लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्योा। ६४ औ मिनेटमा सलाहले ब्यक्तिगत दोसरो तथा टीमका लागि तेस्रो गोल गर्दा चौंथो गोल जोताका नाममा रह्यो।
उनले ७९ औ मिनेटमा गरेका थिए। त्यस्तै थोमस टुचेलको चेल्सीले आफ्नो शिर्षता कायम राख्ने क्रममा वार्टफोर्डमाथि २-१ को जित निकाल्यो। चेल्सीलाई अग्रता दिलाउने क्रममा मेसन मउन्टले २९ औ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए। तर पहिलो हाफमानै खेलमा फर्कने क्रममा वार्टफोर्डका इमानुएल डेनीसले ४३ औ मिनेटमा बराबरी गोल फर्काए।
यद्धपि चेल्सीका लागि निर्णायक गोल भने ७२ औ मिनेटमा हाकिमि जिचले संभव बनाएका थिए। त्यस्तै अंक तालिकामा चेल्सीलाई पछ्यारहेको पेप ग्वार्डओलाको सिटीले पहिलो हाफमा गरेको २ गोलनै निर्णायक बन्यो।
स्टेफन जेराडको एस्टन भिल्लालाई पराजित गर्ने क्रममा सिटीका लगि रुवेन डायसले २७ औ मिनेटमा स्ट्रलिङको एसिस्टको सदुपयोग गरे पहिलो हाफमानै दुई गोलको अग्रता बनाउने क्रममा बर्नान्डो सिल्भाले गाव्रियल जेससको पासलाई ४३ औ मिनेटमा सदुपयोग गर्न सफल भएका थिए।
यद्धपि दोस्रो हाफको सुरुवातमानै एस्टन भिल्लाले खेलमा फर्कने प्रयास गर्योा। उसका लागि वाटकिन्सले ४७ औ मिनेटमा गोल गरेपनि सिटी सँग अंक खोस्न पर्याप्त भएन।
बुधबारनै भएका अन्य खेलमा लेस्टरसले साउथहेम्टनसँग २-२ गोलको बराबरी खेल्दा वेस्ट ह्याम ब्राइटनसँग १-१ को बराबरीमा रोकियो। त्यस्तै वल्भस र बर्नलीले गोलरहित बराबरी खेलका थिए।
प्रिमियर लिगमा चेल्सी १४ खेलबाट ३३ अंकका साथ शिर्ष स्थानमा छ भने सिटी ३२ अंकका साथ दोस्रो र लिभरपुल ३१ अंकका साथ तेस्रो स्थानमा रहेको छ।