पिएसजीलाई पराजित गर्दै सिटी समुह विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 450 पटक हेरिएको

हाइलाइट्स

  • केलिएन एम्बाप्पेले ५० औ मिनेटमा लिग वान क्लब पिएसजीलाई अग्रता दिलाए
  • स्ट्रलिङले सिटीलाई ६३ औ मिनेटमा बराबरीमा ल्याए
  • जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे

इंग्लिस  क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। समुह ए मा आफ्नो अन्तिम खेलमा घरेलु मैदानमा सिटीले पिएसजी विरुद्ध पुनरागमन जित संभव बनायो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा लिग वान क्लब पिएसजीलाई अग्रता दिलाए। तर उत्कृष्ट प्रदर्शन गर्दै आएका रहिम स्ट्रलिङले सिटीलाई ६३ औ मिनेटमा बराबरीमा ल्याए। निकै रोमाञ्चक बनेको खेलमा सिटीका लागि विजयी गोल भने गाब्रियल जेससले गरे। जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे।

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्योो। यद्धपि समुह 'ए' बाट सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रहँदा ८ अंक बनाएको पिएसजी दोस्रो स्थानमा रहँदै छनोट भएको छ। लाइप्जिग र ब्रुगको ४-४ अंक रहेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey