कुनै समय नेपाली क्रिकेटका 'संकटमोचक' मानिएका बसन्त दोस्रो 'इनिङ' को पर्खाईमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-१५
  • |
  • 2497 पटक हेरिएको

हाइलाइट्स

  • उमेरले पनि केहि पाको हुँदै गएका बसन्त नेपाली राष्ट्रिय टिमका पूर्व सदस्य भन्ने बेला आइसकेको छ । 
  • एक छोरीका पिता समेत बनिसकेका वसन्त रेग्मी निकै फरासिला छन् । 
  • हुन त उनी नेपालको टोलीमा नपरेकै दुई वर्षभन्दा बढी भइसक्यो । 

नेपाली राष्ट्रिय क्रिकेट टिममा जब बसन्त रेग्मी पिकमा थिए, उनी कप्तानका लागि संकट मोचक खेलाडी मानिन्थे । टिम कठिन अवस्थामा पुगेको बेला बसन्तले त्यसबाट पार लगाउथे । बलबाट मात्र होइन ब्याटबाटपनि बसन्तले धेरै प्रतियोगितामा नेपाललाई ठूलो योगदान गरेका छन । तर एक समय निकै चर्चामा रहेको यो नाम नेपाली क्रिकेटबाट विस्तारै हराउँदै जाने अवस्थामा पुगेको छ । 

उमेरले पनि केहि पाको हुँदै गएका बसन्त नेपाली राष्ट्रिय टिमका पूर्व सदस्य भन्ने बेला आइसकेको छ । एक छोरीका पिता समेत बनिसकेका वसन्त रेग्मी नेपालको टोलीमा नपरेकै दुई वर्षभन्दा बढी भइसक्यो । 

२००६ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेयता उनलाई पहिलोपल्ट टोलीबाट हटाइएको थियो । उनले त्यसयता नेपाली टोलीमा पुनरागमनको प्रयास गरिरहेका छन्, तर सफल हुन सकेका छैनन् । सन् २०१९ को जुलाईमा नेपालले यूएईसँग दुबईमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । उनी पहिलो खेलपछि ‘ड्रप’ भएका थिए । त्यहींदेखि नेपालका तत्कालीन ब्याटिङ प्रशिक्षक उमेश पटवालसँग वसन्तको सम्बन्ध चिसिएको थियो । 

सन् २००० मा पाकिस्तानको कराँची, भएको यू–१७ एसिया कप उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसको आधारमा उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नै २२ वर्ष छोइसकेको छ । नेपालले २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुअघिको एक दशक नेपाली क्रिकेट यी देव्रेहाते स्पिनर निकै चर्चामा थिए ।

आफ्नो स्पिनको जादुले विपक्षी टिमका खेलाडीलाई आच्छु आच्छु पारेका बसन्त पछिल्लो पटक अमेरीकामा बस्दै आएका छन । कतिपयले उनी अमेरीका पलायन हुन खोजेको भन्ने आरोप लगाउन थालेका छन । तर त्यो प्रश्नमा उनी सिधै खण्डन गरेर क्रिकेट खेल्नका लागि गएको बताउँदै आएका छन । 

नेपाली क्रिकेटको उताडचडावमा एक साक्षी समेत रहेको बसन्त अघिल्लो महिना भएको एभरेष्ट प्रिमियर लिग खेल्नका लागि नेपाल आएका थिए । तर उनले सोचेको जस्तो प्रदर्शन गर्न भने सकेनन् । तर फेरी उनी अमेरीकामा क्रिकेट खेल्न र ब्यक्तिगत काम रहेको भन्दै फर्किएका छन ।

आज हामीले बसन्तसँग के उनी अमेरीकामा नै बसोबास गर्ने योजना बनाएका हुन र भन्ने प्रश्नका साथै उनको करियरका बारेमा कुरा गरेका छौं । 

हेरौं बसन्त रेग्मीसँगको कुराकानी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey