'पुरानो कुरा विर्सिएर नयाँ जोश र योजनाले अगाडी बढ्नुपर्छ'-अब्दुल्लाह अल्मुताइरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-१३
  • |
  • 1965 पटक हेरिएको

हाइलाइट्स

  • अब्दुल्लाहले आफ्नो सम्झौता पाँच बर्षको भएपनि अहिलेका लागि तीन बर्षको सम्झौता गर्ने र सबै कुरा राम्रोसँग अगाडी बढेमा थप दुई बर्ष स्वतः बढ्ने बताए । यसका साथै उनले नेपाली फुटबल टिमलाई अझ राम्रो बनाउनका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताए । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ जोश र नयाँ योजनाका साथ नेपाल आएको बताएका छन ।

साफ च्याम्पियनसिपपछि सोझै स्वदेश फर्किएका अल्मुताइरी कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा दोस्रो पटक मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका हुन ।

उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो पटक पुरानो कुरा विर्सिएर नयाँ तरिकाले काम गर्न नेपाल आएको र अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए । जसका लागि सबैको साथ चाहिने र सबै मिलेर काम गर्नुपर्ने बताए । 

अब्दुल्लाहले आफ्नो सम्झौता पाँच बर्षको भएपनि अहिलेका लागि तीन बर्षको सम्झौता गर्ने र सबै कुरा राम्रोसँग अगाडी बढेमा थप दुई बर्ष स्वतः बढ्ने बताए । यसका साथै उनले नेपाली फुटबल टिमलाई अझ राम्रो बनाउनका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताए । 

उनले आफु आफ्नो घर फर्किएको र अरु देशले आफुलाई मोटो रकमको अफर गरेपनि कतार एफए र एन्फाले राम्रो पहल गर्दा फेरी नेपाल नै फर्किएको बताए । उनले पैशा भन्दापनि राम्रो काम हुन आवश्यक रहेको बताए । 

यसका साथै उनले अहिलेबाट नै नेपाली समर्थकले एशियन कपमा छनोट हुनुपर्छ भनेर दबाव दिन सुरु गरेकोमा त्यो नगर्न आग्रह गरे । 

साथै उनले आसन्न ए डिभिजन लिगमा विमलले राम्रो खेलेको हेर्न चोहेको बताए । उनले विमल नेपाली फुटबलको भविष्य रहेको र उनको खेल नजिकबाट हेर्ने बताए । उनी पुर्ण रुपमा फिट भएर खेलेको हेर्न चाहेको बताए । 

हेरौं के भने विमानस्थलमा अब्दुल्लाहले भिडियोमा

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey