इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको मुम्बई इन्डियन्सले प्ले अफ सम्भावना जिवितै राखेको छ । १३ खेलबाट १२ अंक अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ ।
मुम्बईले ७० बल बाँकी छदै राजस्थानले दिएको ९१ रनको लक्ष्य पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो ।
जवाफमा मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाएर जित हात परेको थियो।
जेम्स निशम र नाथन कुल्टर नाइलको सानदार बलिङसामू राजस्थानका खेलाडी टिक्न सकेनन् । निशमले १२ रन खर्चेर ३ विकेट लिँदा कुल्टरले १४ रन खर्चेर ४ किवेट हात पारे । राजस्थानका इभन लुईसले २४ रन बनाउँदा डेविड मिलरले १५ रनको योगदान गरेका थिए ।
मुम्बईको जितमा इशान किशनले नटआउट अर्धशतकिय (५०) रनको पारी खेल्दा रोहित शर्मा २२ रनमा पभेलियन फर्किए ।