म्यानचेस्टर सिटीका पुर्व खेलाडी जेराेमेलाई १५ लाख पाउण्ड जरिवाना

  • Image नेप्लेज
  • २५ भदौ २०७८, शुक्रवार
  • 969 पटक हेरिएको
म्यानचेस्टर सिटीका पुर्व खेलाडी जेराेमेलाई १५ लाख पाउण्ड जरिवाना

हाइलाइट्स

  • जर्मन खेलाडी जेरोमेले आफुलाई जबरजस्तीकरणी गर्न खोजको भन्दै पूर्व प्रेमीकाले अदालतमा मुद्दा हालेकी थिइन । ३३ बर्षे जेरोमे बार्यनको अदालतमा उपस्थित भएर उनको घटनाको सुनुवाई भएको छ । 

म्यानचेस्टर सिटीका पूर्व खेलाडी जेरोमे बोयटिङलाई पूर्व प्रेमीका लागि कुटपिट गरेको र अभद्र ब्यवहार गरेको भन्दै १५ लाख पाउण्ड जरिवाना लगाएको छ । 

जर्मन खेलाडी जेरोमेले आफुलाई जबरजस्तीकरणी गर्न खोजको भन्दै पूर्व प्रेमीकाले अदालतमा मुद्दा हालेकी थिइन । ३३ बर्षे जेरोमे बार्यनको अदालतमा उपस्थित भएर उनको घटनाको सुनुवाई भएको छ । 

जसमा उनले १५ लाख पाउण्ड जरिवाना तिर्नुपर्ने आदेश अदालतले गरेको छ । तर उनी पाँच बर्षको जेल सजायबाट भने बचेका छन । जेरोमेले तीन बर्ष अगाडी क्यारेबियनमा छुट्टिमा जाँदा आफुमाथि अभद्र ब्यवहार गरेर कुटपिटका साथ जबजस्ती गर्न खोजेको आरोप सेरिनले लगाएकी थिइन । 

सुरुवातमा यो आरोपलाई जेरोमले अस्विकार गरेका थिए । अदालतमा पनि उनले उल्टो आफुमाथि निराधार आरोप लगाएर फसाउन खोजेको बताएका थिए । २ घण्टासम्म चलेको बहसमा जेरोमेले सेरिनले रिसले आफुलाई आक्रमण गरेको बताएका थिए । 

जेरोमे र सेरिनको दुई वटा बच्चा रहेका छन । जुन जुम्ल्याहा हुन । सन् २००७ मा डेटिङ सुरु गरेका यी दुईले २०१४ मा इन्गेज्मेन्ट गरेका थिए । यो विचमा उनीहरुविच खटपट पनि भएको थियो । तर २०१४ मा जुम्ल्याहा बच्चा जन्मिएपछि यी दुई एक साथ भएका थिए ।

सन् २०११ मा पहिलो पटक उनीहरुविच खटपट भएको थियो । त्यसपछि सन् २०१३ मा फेरी दुबैले आफ्नो प्रेमलाई अगाडी बढाएका थिए । तर सन् २०१८ मा भने उनी फेरी छुट्टिएका थिए । 

तर २०१८ मा जेरोमेलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीकाले लगाएपछि सम्बन्ध सकिएको थियो । 

 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment