महेन्द्र सिंह धोनी आसन्न टी २० विश्वकपमा भारतीय क्रिकेट टिमको मेन्टरका रुपमा जाने भएका छन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीलाई भारतीय क्रिकेट बोर्डले मेन्टरका रुपमा विश्वकपमा पठाउने भएको छ ।
खेलाडी जीवनबाट सन्यास लिइसकेका धोनीलाई नयाँ भूमीकामा टिमसँग पठाउने बीसीसीआईले जनाएको छ । यूएई र ओमानमा हुने विश्वकपका लागि बीसीसीआईले १५ खेलाडी सम्मिलित टिमको घोषणा गरिसकेको छ ।
टिमको घोषणा भएको कहि समयपछि बीसीसीआईले धोनी मेन्टरका रुपमा रहेको जानकारी सोसियल मिडियाबाट गरेको हो ।
खेलाडी जीवनमा भारतका सफल कप्तान रहेका धोनीले युवा खेलाडी सम्मिलित टिमबाट सन् २००७ मा टी २० विश्वकपको उपाधि जितेको थियो ।
धोनीले सन् २०१९ को विश्वकप पछि राष्ट्रिय टिमबाट खेलेका थिएनन् । उनी २०२० मा हुने टी २० विश्वकपमा टिममा परेपनि सो बेला कोभिडका कारण स्थगित भएको थियो ।
उनले अघिल्लो सिजनको आइपीएल अगाडी खेलाडी जीवनबाट सन्यास लिएका थिए । उनले आइपीएलमा चेन्नेईबाट अझैपनि खेलिरहेका छन ।