डिपेकाे ह्याट्रिकमा नेदरल्याण्डस् र हालान्डकाे तीन गाेलमा नर्वेकाे सहज जित

फ्रान्सका ग्रिगजन देशका लागि धेरै गाेल गर्ने खेलाडकाे तेस्राे स्थानमा

  • Image नेप्लेज
  • २३ भदौ २०७८, बुधवार
  • 1889 पटक हेरिएको
डिपेकाे ह्याट्रिकमा  नेदरल्याण्डस् र हालान्डकाे तीन गाेलमा नर्वेकाे सहज जित

हाइलाइट्स

  • हालान्डको तीन गोलको मद्दतले नर्वेले गिब्लाटरलाई पाँच एकले हरायो ।

फिफा विश्वकप छनोट अन्तर्गत साविक विजेता फ्रान्सले फिनल्याण्डलाई दुई शुन्य अन्तरले हराएको छ । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजमनले गरे । 

समुह डी अन्तरर्गत भएको खेलको २५ औं मिनेटमा ग्रिजमनले गोल गर्दै टिमलाई एक शुन्यले अगाडी राखे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रान्सले ५३ औं मिनेटमा दोस्रो गोल गर्यो । 

यसपटकपनि उसका लागि ग्रिजमनले नै गोल गरे । यसका साथै ग्रिजमनले फ्रान्सका लागि धेरै गोल गर्ने खेलाडीमा मिचेल प्लाटिनीको बराबरी गरेका छन । दुबैले देशका लागि ४१ गोल गोल गरेका छन । 

ग्रिजमन भन्दा अगाडी ओलिभर जिरुड ४६ गोल र थिएरी हनेरीको ५१ गोल छ । 

यस्तै अर्को खेलमा नेदरल्याण्डे टर्कीलाई छ एकले हरायो । उसका जितेमा डिपेले ह्याट्रिक गरे । उनले खेलको १६ औं, ३८ औं र ५४ औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरे । बाँकी गोल गर्नेमा क्लासिनले पहिलो मिनेटमा टिलले ८० औं मिनेटमा गोल गरे । 

यस्तै हालान्डको तीन गोलको मद्दतले नर्वेले गिब्लाटरलाई पाँच एकले हरायो । पछिल्लो पटक उच्च फर्ममा रहेका हालान्डले खेलको २७ औं, ३९ औं र ९० औं मिनेटमा गोल गरे । उसका लागि बाँकी दुई गोल थोरोस्भेत र  सोरलोथले गरेका थिए । 

अर्को खेलमा क्रोयसियाले स्लोभानियालाई तीन शुन्यले हरायो भने रसियाले माल्टालाई दुई शुन्यले पराजित गर्यो । यस्तै डेनमार्कले इजरायललाई पाँच शुन्यले हरायो । 

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment