पाकिस्तानी क्रिकेटरकाे पारिश्रमिक २५ प्रतिशतले बृद्धि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 872 पटक हेरिएको

हाइलाइट्स

  • श्रेणी ए – बाबर आजम, हसन अली, मोहम्मद रिजवान र शाहीन शाह अफरीदी

पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरुको पारिश्रमिक बृद्धि गरेको छ ।

खेलाडीहरुको श्रेणी विभाजन गर्दै एक बर्षका लागि केन्द्रीय सम्झौता पनि सार्वजनिक गरेको छ ।

केन्द्रीय सम्झौतमा मोहम्मद हफीज, हारिस सोहेल जस्ता सिनियर खेलाडीलाई भने बाहिर राखिएको छ ।  कप्तान बाबर आजमलाई ए श्रेणीमा राखिएको छ । पीसीबीले २० क्रिकेटरलाई केन्द्रीय सम्झौतमा समेटेको छ ।

सम्झौतामा रहेका खेलाडीहरुले पाउने पारिश्रमिकमा २५ प्रतिशतले बृद्धि गरेको पनि जनाएको छ  । खेलाडीहरुको पारिश्रमिक बृद्धि गरिए पनि कति रकम उनीहरुले पाउने त्यो भने खुलाएको छैन ।  

यसैगरी टेस्ट, एक दिवसीय र टी २० सबैको म्याच फि पनि समान गरेको छ । यो सम्झौता १ जुलाई २०२१ देखि ३० जुन २०२२ सम्म लागू हुने छ ।

श्रेणी ए – बाबर आजम, हसन अली, मोहम्मद रिजवान र शाहीन शाह अफरीदी

श्रेणी बी – अजहर अली, फहीम अशरफ, फखर जमां, फवाद आलम, शादाब खान र यासिर शाह

श्रेणी सी – आबिद अली, इमाम-उल-हक, हारिस रउफ, मोहम्मद हसनैन, मोहम्मद नवाज, नौमान अली र सरफराज अहमद

उदयमान श्रेणी -  इमरान बट, शाहनवाज दहानी र उस्मान कादिर

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey