युरो २०२० मा प्रि–क्वाटरफाइनलका खेलहरु आजदेखि 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१२
  • |
  • 1017 पटक हेरिएको

हाइलाइट्स

  • पहिलाे खेल राति पाैने १० बजे : वेल्स भर्सेस डेनमार्क 
  • दाेस्राे खेल राति पाैने १ बजे : इटाली भर्सेस अस्ट्रिय 

युरो २०२० अन्तर्गत आजदेखि प्रि क्वाटरफाइनलका खेलहरु शुरु हुँदैछन् ।

आज शनिबार दुई वटा खेल हुने छन् । 

नेपाली समय अनुसार राति पौने १० बजे वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुने छ ।

दुवै टिम उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

वेल्स समूह एबाट चार अंक जोड्दै अर्को चरणमा प्रवेश गर्दा डेनमार्क तीन अंक जोडे पनि समूह बीमा उप विजेता बनेको थियो ।

यसैगरी राति पौने १ बजे इटली र अस्ट्रिय आमने सामने हुने छन् ।

इटली समूह एमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको टिम हो भने अस्ट्रिया समूह सीमा उप विजेता बनेको थियो । इटलीले समूह चरणमा वेल्स, स्वीट्जरल्याण्ड र टर्कीलाई पराजित गरेको थियो ।

यसैगरी  अस्ट्रियाले दुई खेल जित्दा एक खेलमा पराजय भोगेको थियो । अस्ट्रियाले समूह चरणमा नेदरल्याण्ड्ससँग मात्रै पराजित हुँदा युक्रेन र नर्थ मेसेडोनियालाई पराजित गरेको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey