युरो २०२० मा युक्रेनले पहिलाे जित निकाल्दा मेसेडाेनियाकाे लगातार दाेस्राे हार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 838 पटक हेरिएको

हाइलाइट्स

  • पाैने १० बजे डेनमार्क भर्सेस बेल्जियम 
  • पाैने १ बजे नेदरल्याण्ड्स भर्सेस अस्ट्रिय 

युईएफए च्याम्पियनसिप फुटबलमा युक्रनेले पहिलो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह सीमा तीन अंक जोड्न सफल भयो । मेसेडोनिया भने लगातार दुईखेलमा पराजित हुन पुग्यो ।

रोमानियामा भएको खेलमा युक्रेनलाई जिताउनका लागि एन्ड्रिय यार्मोलेन्को र रोमर यामरचोकले एक एक गोल गर्दा मेसेडोनियका लागि इज्ग्यान इलिओस्कीले एक गोल फर्काएका थिए ।

२९ औं मिनेटमा एन्ड्रिय यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि यामरचोकले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको युक्रेनले दास्रो हाफमा एक गोल खाए पनि जित भने निकाल्न सफल भयो ।

५७ औं मिनेटमा इलिओस्कीले गोल गर्दै मेसेडोनियालाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् । 

प्रतियोगिता अन्तर्गत अहिले पौने १० बजे डेनमार्क बेल्जियम खेल्दा राति पौने १ बजे नेदरल्याण्ड्स र अस्ट्रिया आमने सामने हुने छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey