युरो कप : रुसको पहिलो जित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 1151 पटक हेरिएको

हाइलाइट्स

पहिलाे हाफकाे अतिरिक्त दाेस्राे मिनेटमा अलेक्सी मिरान्चुकले गरेकाे गोल निर्णायक 

युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ ।

समूह बी अन्तर्गत आज भएको पहिलो खेलमा फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो तीन अंक लिन सफल भएको हो ।

पहिलो खेलमा बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको रुसले बुधबार भने फिनल्याण्डलाई पराजित गरेको हो ।

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रुसले शुरुवाती अग्रता बनाएको थियो ।

उसका लागि अलेक्सी मिरान्चुकले गोल गरेका थिए ।

ज्यूबाको असिस्टमा मिरान्चुकले गोल गरेपछि पहिलो हाफमा रुसले १–० को अग्रता लिन सफल भयो ।

सोही अग्रतालाई रुसले अन्तिमसम्म जोगाउँदै जित निकाल्न सफल भयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey