Mega Bank

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा, जित्नेले १ लाख पाउने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 318 पटक हेरिएको

नेपाल क्रिकेट संघ र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो ।

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ ।

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषदको नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख पनि हात पार्ने छ ।

राष्ट्रिय क्रिकेट टिमका जर्सीमाथि लापरवाही भएको क्यानका बोर्ड सदस्यको आरोप

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ ।

आफ्नो डिजाइन दिने अन्तिम मिती यसै महिनाको १७ तारिक सम्म रहेको छ । डिजाइन क्यानको इमेल ( [email protected]epal.org) मा गर्नपर्ने हुन्छ भने यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए । छनौट समिति मा क्यानको तर्फ़बाट २ जना र एडप्याड को तर्फ़बाट १ जना सम्मिलित हुने छन्।

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’

यसै बीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ ।

दर्शकहरुको एउटै गुनासो ‘जर्सी चित्त बुझ्दो भएन’

हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसंग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ आशा छ यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ । उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाइ पुरस्कार स्वरुप नगद एक लाख पनि माइ सेकेन्ड टिचरले प्रदान गर्नेछ।

भर्खरै

Advertisement